नियम १९
बाल कल्याण गृह प्रमुखको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बाल कल्याण गृह प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बाल कल्याण गृहको दीर्घकालीन नीति र योजना तर्जुमा गर्न व्यवस्थापन समितिलाई सहयोग गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप बाल कल्याण गृहको वार्षिक कार्यक्रम र बजेट तयार गरी व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(ग) व्यवस्थापन समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(घ) बाल कल्याण गृहको दैनिक कार्य संचालन गर्ने गराउने र त्यसको सुपरीवेक्षण गर्ने ।
(ङ) बाल कल्याण गृहको कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(च) बाल कल्याण गृहको आर्थिक कारोवार गर्ने र सोको लेखा ठीकसंग राख्ने, राख्न लगाउने ।
(छ) व्यवस्थापन समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने गराउने ।